मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरु भयो दसैंका लागि सुपथ मूल्य पसल

सुरु भयो दसैंका लागि सुपथ मूल्य पसल

खसी–बोका किन्दा प्रतिकिलो १० रुपैयाँ छुट, खाद्यान्नमा २–५ रुपैयाँ


खसी–बोका किन्दा प्रतिकिलो १० रुपैयाँ छुट, खाद्यान्नमा २–५ रुपैयाँ 

काठमाडौं । सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन् ।

सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका र च्याङग्रा किन्न पाइनेछ । चामलमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी–बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्यका पसलमा सामग्री राख्नेछन् । एलपी ग्यास र पेट्रोलियम सहज उपलब्ध हुने गरि खरिदका लागि निर्देशन दिँदै मन्त्रालयले उपभोक्ताले सहज पाए/नपाएको अनुगमन गर्ने पनि जनाएको छ ।  

सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने छ ।