मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाइडेनले आयोजना गरेको सम्मेलनमा देउवाको सम्बोधन- कोरोना नियन्त्रणमा सबै देश एकजुट हौं

बाइडेनले आयोजना गरेको सम्मेलनमा देउवाको सम्बोधन- कोरोना नियन्त्रणमा सबै देश एकजुट हौं


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन्। 

बिहीबार राति आयोजित सम्मेलनलाई सम्बोधन प्रधानमन्त्री देउवाले सम्बोधन गरेका हुन्। उनले सम्बोधनका क्रममा नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन्। 

उनले सम्बोधनका क्रममा कोरोना नियन्त्रणमा विश्वका सबै देश एकजुट भएर लाग्नुपर्ने बताएका थिए। राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गरेको उक्त भर्चुअल सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले सम्बोधन गरेका थिए। 

शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखले सम्बोधन गर्दैछन्।