मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रजात्रा आज समापन हुँदै

इन्द्रजात्रा आज समापन हुँदै


काठमाण्डौ – काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ । 

आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर सङ्घले जनाएको छ । 

ढालेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासी भनिने अष्टमात्रिकाको प्रतीकलाई भने अर्को सालको जात्राको लागि राखिनेछ । 

गएको २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तानिँदै छ । 

आज राष्ट्रप्रमुखले  कुमारीका हातबाट टीका थाप्ने परम्परा पनि छ ।