मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय जनगणना २०७८ मा स्वास्थ्यका सूचक कति प्राथमिकतामा ?

राष्ट्रिय जनगणना २०७८ मा स्वास्थ्यका सूचक कति प्राथमिकतामा ?


काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण भदौ ३० गतेदेखि चलिरहेको छ । यसपटक देशभर अनुमानित ७० लाख परिवारका ३ करोडभन्दा बढी जनसंख्याको गणना हुँदैछ  । विशेषत: जनगणनामा अपांगता, जन्मदर, मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर, आदिको विवरण प्राप्त हुने भए पनि १२औं जनगणनामा सरकारले स्वास्थ्य क्षेत्रका केही सूचकहरुलाई प्राथमिकतामा राखेको छ । राष्ट्रिय जनगणनासँगै २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गरिँदैछ भने यसपटकको गणनामा अनुवंशीय रक्तस्राव ९हेमोफिलिया० भएका व्यक्तिको पनि गणना गर्ने भएको छ ।

मातृ मृत्यु अध्ययन किन ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गर्न लागिएको हो । गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्यु मानिन्छ । नेपालमा प्रजनन् उमेरका महिलाहरुको मृत्युमध्ये करिब १२ प्रतिशत महिलाको मृत्युको कारण मातृ मृत्यु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । सन् २०१६ मा एकलाख जिवित जन्ममा मातृ मृत्यु अनुपात २३९ रहेको छ । दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा यो अनुपात ७० मा झार्ने सरकारको लक्ष्य छ ।

मातृ मृत्युदर घटाउन मातृ मृत्युको संख्या यकिन गर्न र कारण पत्ता लगाउन यो अध्ययनले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । अध्ययनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन कार्यविधि बनाएर विवरण संकलन गरिरहेको छ । कार्यविधि अनुसार अध्ययनका लागि गणनाको क्रममा कुनै घरपरिवारमा एक वर्षभित्रमा कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको पाइएमा सोही आधारमा विवरण संकलन गरिनेछ । । मातृ मृत्यु भएका घरमा पुगेर स्थानीय स्वास्थ्यकर्मीले ‘भर्वल अटप्सि’ प्रश्नावलीका आधारमा विवरण संकलन गरिरहेका छन् । देशभरबाट आउने तथ्यांकले गत वर्षको मातृ मृत्युदर पत्ता लगाउन सकिने मन्त्रालयको कार्यविधिमा उल्लेख छ ।

समेटियो हेमोफिलिया पनि
राष्ट्रिय जनगणना २०७८ मा यसपटक अनुवंशीय रक्तस्राव ९हेमोफिलिया० भएका व्यक्तिको पनि गणना गरिँदैछ । यसपटकको जनगणनामा अपाङ्गता भएकाको सूचीमा १०औँ नम्बरमा रहेको हेमोफिलिया भएका व्यक्तिको गणना गरिने भएको हो । हेमोफिलिया मानिसको शरीरमा रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यो समस्या भएका व्यक्तिहरुमा पटक–पटकको रक्तस्रावका कारण जोर्नी वा मांसपेशीहरू सुन्निने, जोर्नीहरू असन्तुलन हुने, मांसपेशीहरू सुक्दै जाने र अन्तत: गम्भीर अपाङ्ता हुने अवस्था आउनसक्छ ।

हेमाफिलिया विशेषज्ञ डा। विशेष पौडेलका अनुसार नेपालमा करिब तीन हजार ५०० हजारको संख्यामा हेमाफिलियाका भएका व्यक्ति भएको अनुमान गरिए पनि अहिलेसम्म करिब ७५० जनाको मात्र पहिचान भएको छ । नेपालमा वर्सेनि हेमोफिलियाका २०० बिरामी थपिने गरेको राष्ट्रिय अपांग महासंघको तथ्यांक छ ।