मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजबाट मौसम खुल्यो, अब चिसो कम हुँदै जान्छ : मौसमविद्

आजबाट मौसम खुल्यो, अब चिसो कम हुँदै जान्छ : मौसमविद्


काठमाडौं । बिहानैबाट आज मौसम सफा रहेको छ । काठमाडौंमा घाम लागेको छ । बिहान ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा साँझपख सामान्य बदली हुनेछ । आज देशभरको मौसम सफा हुने वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए । 

उनका अनुसार भोलि भने केही क्षेत्रमा बदली हुनेछ । पूर्वी र पश्चिम नेपालमा केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको सापकोटा बताउँछन् । पहाडी र हिमाली क्षेत्रमा केही बदली भए पनि तराईमा भने मौसम भोलि पनि सफा रहनेछ । 

“अब क्रमशः चिसो कम हुँदै जान्छ । बदली नहुने र घाम लाग्दै जाँदा तापक्रम पनि बढ्दै जान्छ,” मौसमविद् सापकोटा भन्छन्, “आजबाट घाम लाग्न सुरु भएसँगै तापक्रम बढ्दै जान्छ । न्यूनतम तापक्रम केही दिन तल रहे पनि अधिकतम तापक्रम बढ्दै जान्छ ।”