मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचित पदाधिकारीलाई जेठ ४ भित्रै शपथ गराउन वैशाख ३० मा निर्वाचन

निर्वाचित पदाधिकारीलाई जेठ ४ भित्रै शपथ गराउन वैशाख ३० मा निर्वाचन

निर्वाचन आयोग भन्छ– त्यो समयमा निर्वाचन गराउन तयार छौँ


निर्वाचन आयोग भन्छ– त्यो समयमा निर्वाचन गराउन तयार छौँ 

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सोमबार बालुवाटाररमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् अघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो । निर्वाचन आयोगकै सुझावअनुसार नै मिति घोषणा भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

“निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउन सात दिनको समय चाहिन्छ भन्ने हाम्रो सुझाव थियो । तपाईंहरुकै सुझावअनुसार गर्दा के हुन्छ भनेर सोधिएको थियो । ९३ दिन बाँकी रहन्छ हामी गर्न सक्छौं भन्यौं,” थपलियाले भने ।

स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद जेठ ५ गते सकिँदै छ । यसअघि सरकार र आयोगबीच जेठ ४ मा निर्वाचन गर्ने सहमति जुटेको थियो । तर, त्यसअगावै निर्वाचनको मिति घोषणा भएको हो ।

निर्वाचन मिति घोषणा भएसँगै आयोगले काम थाल्ने थपलियाले बताए । वैशाख ३० मा निर्वाचन गराउन आयोग तयार रहेको उनले बताए । “निर्वाचन गर्न हामीसँग ९३ दिन बाँकी हुन्छ । कानुनी, भौतिक, प्राविधिक, मानशिक सबै रुपमा आयोग तयार छ,” उनले भने ।