मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु

भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु

सुदूर आज

भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु भएको छ ।

पहिलो चरणमा ११ वटा जिल्लामा ५८ सिटको लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

५८ जना विधान सभा सदस्यको लागि ६ सय २३ जनाले उम्मेदवारी दिएका छन् ।

पहिलो चरणमा आज पश्चिमी उत्तर प्रदेशका दुई करोड २८ लाख मतदाताले मतदान गर्ने बीबीसी हिन्दीले जनाएको छ । जाट वेल्टको रुपमा चिनिने पश्चिमी उत्तर प्रदेशमा भारतीय जनता पार्टीले जाट समुदायका १७ जनालाई उम्मेदवार बनाएको छ । यस्तै, समाजवादी पार्टीले १२ तथा राष्ट्रिय लोक दल आरएलडीले ६ जना जाट समुदायका व्यक्तिलाई उम्मेदवार बनाएका छन् ।

यो चुनावमा समाजवादी पार्टी र आरएलडीले गठबन्धन गरेका छन् । सन् २०१७ मा भएको विधान सभा चुनावमा पश्चिमी उत्तर प्रदेशका ५८ सिटमध्ये ५३ सिटमा भारतीय जनता पार्टीले जितेको थियो ।

तर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले किसान आन्दोलनमा दमन गरेको, दलित र अल्पसङ्ख्यकलाई बेवास्ता गरेको, जातीय र धार्मिक राजनीति लागायतका कारण यसपटक भारतीय जनता पार्टीको मत घट्न सक्ने आकलन गरिएको खबरमा उल्लेख छ ।