मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय आजदेखि सञ्चालन

शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय आजदेखि सञ्चालन


काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदै छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसानुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लब, सिनेमा हललगायत रात्रिकालीन व्यवसाय, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालन गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सीसीएमसीले सिफारिस गरेको थियो ।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एकपटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।