मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!

विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!


काठमाडौं- एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ। रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ।

उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छिन्। तर, विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्।

बिरामीको उपचार गरिएको यो विषय गत मंगलबार डेन्भरस्थित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो। एचआईभीको उपचारमा यो विधि प्रयोग गरिएको पहिलो पटक सार्वजनिक भएको हो।

क्यान्सरको उपचारका लागि नाइटोबाट रगत प्रत्यारोपण गरिएको ती महिलालाई एचआईभीको उपचारका लागि एन्टिरेट्रोभाइरल थेरापी आवश्यक परेको थिएन।  ती महिलाको अन्तिम पटक २०१७ मा प्रत्यारोपण गरिएको थियो र तीन वर्षपछि डाक्टरहरूले उनको एचआईभीको उपचार रोकेका थिए। त्यसयता ती महिला कुनै पनि भाइरसको सिकार भएकी छैनन् । बिबिसीबाट