काठमाण्डाै – भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) नागरिकका लागि खुला गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको हिजो उद्घाटन गरे ।
उनले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भइ राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताए ।
कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी कर्मचारीको लापर्बाही भएको पनि उनले बताए ।
पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने भन्दै उहाँले सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्य पालिकाहरुको जिम्मा लगाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया