मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती लोकमार्गको चार चरणमा काम सुरु, ठुला दुई पुलको ठेक्का

सेती लोकमार्गको चार चरणमा काम सुरु, ठुला दुई पुलको ठेक्का


फोटो : दक्षिणी खण्डको चित्रेमा जारी सेती लोकमार्गको काम ।

अछाम : सुदुरपश्चीम प्रदेशको गौरव आयोजनाको रुपमा रहेको सेती लोकमार्गको काम अहिले चार चरणमा सुरु भएको छ । त्रिदेशीय नाका जोड्ने यो सडकले कैलालीको बौनियाँबाट सुरु भई डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर ताक्लाकोट जोडनेछ ।

सडक निर्माणका क्रममा रुख कटानको आदेश प्राप्त नहुँदा लामो समयदेखि काम प्रभाबित हुदै आएको थियो भने अन्य ठेक्का प्रकृया पनि अगाडी बढ्न सकेको थिएन । सेती लोकमार्गको काम भने अपेक्षा अनुसार अगाडी भने बढ्न सकेको छैन । कैलालीको बौनियाँ, डोटी कैलालीको सिमाना,साँफेबगर देखि चित्रे तर्फ र उत्तरी खण्ड तर्फको घुघुरकोट देखि ३० किलोमिटर सडक स्तरउन्नतीको काम अहिले चलिरहेको छ ।

बिगत दुई वर्षसम्म केहि काम हुन नसकेको लोकमार्गको यो पटक भने दुई वटा पुल निमार्णको काम अगाडी बढेको छ । लोकमार्गको कैलाली खण्डमा दुई वटा पक्की पुल निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । लोकमार्ग अन्तर्गत काँडा खोला र झाप्री खोलामा पक्की पुल निर्माण हुने भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पर्ने काँडा खोला र मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडीमा पर्ने झाप्री खोलामा पुल बन्न लागेको सेती लोकमार्ग साँफेबगर कार्यालयका प्रमुख राजेश कुमार यादवले बताए ।

सेती लोकमार्ग अन्र्तगत पर्ने यी दुई पुल सबै भन्दा ठुलो रहेको समेत उनले बताए । उनले भने,‘सेती लोकमार्गमा १५ वटा पुल बन्ने छन् त्यस मध्ये भर्खर टेण्डर गरिएको पुल सबै भन्दा ठुलो हो,अन्य पुलको डिजाईनको काम पनि भईरहेको छ । अरु केहि साना साना कल्भटहरु छन् ।

निमार्ण हुने दुई वटा पुल ८० करोडको रहेको छ ।’ दक्षिणी खण्डको यो वर्ष कामको सम्पुर्ण ठेक्का गरिसक्ने आयोजना प्रमुख यादवले बताए ।रुख कटानको आदेश प्राप्त हुने अन्तिम चरणमा रहेको समेत यादवले बताए । उनले भने,‘अहिले अबको केहि महिनामा रुख कटानको आदेश आउछ,कामको सकारात्मक नतिजा दिने पहलमा छौ,यहाँका जनप्रतिनिधि नेताहरुसंग समन्वय गरिरहेको छु,ठेक्का लगाउनु पनि ठुलै काम हो,यो वर्ष ठेक्काको सम्पुर्ण काम सक्ने गरी लागी परेको छांै ।’

अबको एक बर्षमा ट्रयाक खोलिसक्ने गरी यो वर्ष ठेक्का व्यवस्थापन गरिसकिने गरी काम अगाडी बढाईएको यादवले बताए । बजेटको अभाव कहिले पनि नभएको तर काम नहुनु प्रमुख समस्या रहेको यादवले बताए । डोटीमा ४२ किलोमिटर र कैलालीमा २८ किलो मिटर ट्रयाक खोल्न बाँकी रहेको छ । मुख्य डोटी क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ । यो वर्षको सेतीलोकमार्गको दक्षिणी खण्डका लागी ३० करोड बजेट रहेको छ । दक्षिणी खण्डको लम्बाई २४२ किलोमिटर रहेको छ । अहिलेसम्म १२५ किलोमिटर मात्र ट्रयाक खोलिएको छ ।

यहाँका स्थानीय बासिन्दाहरु सेती लोकमार्ग बन्छ भन्ने कुरामा आशंका रहेको बताउँछन् । स्थानीय डिल्लीराज जोशी यहाँका राजनितिक दल,जनप्रतिनिधिहरुको चासो नहुदाँ सेती लोकमार्गले तिब्रता पाउन नसकेको बताउछन् । उनले भने,‘वर्षेनी बजेट आउछ फ्रिज जान्छ,थुपै पटक डेलिगेसन लिएर गयौ तर कसैबाट सुनुवाई हुदैन । यो मार्ग बन्ला र सहज होला भन्ने त हाम्रो सपना नै हुने भयो । सेती लोकमार्गलाई नेताहरुले चुनाबी नारा मात्र बनाउने गरेका छन् ।’

सुदुरपश्चीम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने एक मात्र सडकको लम्बाई अहिले करिब २ सय ६० किलोमिटर रहेकोमा सेती लोकमार्ग निर्माण भएपछि सो मार्गको लम्बाई १ सय २९ किलोमिटरमा झर्नेछ । जसले गर्दा यस क्षेत्रका बासिन्दाहरुको आवतजावतमा समय र खर्च आधा भन्दा कम हुनेछ ।

सेती लोकमार्ग निर्माण भए नेपालको चार धाम मध्येको एक बैद्यनाथ धाम क्षेत्र, जडिबुटीको प्रचुर सम्भाब्यता, रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रवद्र्धन तथा सहज पहुंँच र भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुको लागि छोटो र प्रभावकारी मार्ग बन्ने छ । बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको पनि सहर बजार सम्म सहज पहुँच हुनेछ । चुनावमा सेती लोकमार्ग प्रमुख चुनावी एजेण्डा बनाएर विजयी भएका जनप्रतिनिधिहरु खासै चासो नदेखिएका कारणले काम प्रभाबित हुदै आएको छ ।

फोटो : सेती लोकमार्ग अन्र्तगत कैलाली बौनिया सडकको स्तरउन्नती गरिदै