मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के भन्छन् सभापतीका उम्मेद्धार

के भन्छन् सभापतीका उम्मेद्धार

सुदूर आज

नेपाली कांग्रेस अछामको ७ औँ जिल्ला अधिबेशन शुक्रबार भोली बाट सुरु हुदैँछ । अधिबेशनको सम्पूर्ण तयारी लगभग पुरा भएको कांग्रेस अछामले जनाएको छ ।

कांग्रेस अछामको सभापतीका लागि ३ जना प्रतिष्पर्धी हुने लगभग पक्का पक्कि जस्तै छ । अधिबेशनको पूर्व सध्यामा सुदूरआजले तपाईको उम्मेद्धारी किन भनेर तिनै जना उम्मेद्धारलाई प्रश्न गरेका छौँ ।

भरत कुमार स्वाँर

मैले आफै भन्दा घमण्ड गरे जस्तो हुन्छ । जव म पार्टी सभापती निर्वाचित भँए जिल्लामा पार्टीको नाजुक थियो । पार्टीका कार्यकर्तालाई हेप्ने, कसैले केही गर्न नसक्ने अवस्था थियो । नेकपा एमालेको हाली मुहाली र भिम रावलको दब्दबा थियो । कार्यकर्ताले धेरै दुख पाएका थिए । एक कोठामा पार्टी कार्यालय थियो । हुन त त्यसबेलाको परिस्थिती पनि त्यस्तै थियो ।

म आफु निर्वाचित भएपछि त्यस कोठामा एक दिन पनि प्रबेश नगरी एक घर भाडामा लिएर आवश्यक सामान व्यावस्था गरेर कार्यालय व्यवस्थित गरे । मेरो सुरुवाती चरण थियो त्यो बेला पनि म गाँउ गाँउमा गएर पार्टीको संगठन निर्माण गर्न कार्यकर्तालाई सक्रिय बनाउन तत्कालीन ७५ गाविसमै कार्यक्रम राख्न लगाए । पार्टीलाई सक्रिय बनाए । कडा रुपमा काम गरयौँ । त्यसपछि स्थानिय चुनाव आयो त्यसमा पनि हाम्रो एक बर्षको उजार्ल काम गर्यो सक्रियताका साथ लाग्यौँ र जिल्लाका अधिकांश स्थानिय निकायमा बिजयी हासिल गर्यौँ ।

१३ औ महाधिबेशन पछि पार्टी सभापति भएर गरेको काम घाम जस्तै छर्लंग छ । पार्टीको आफ्नै भवन निर्माण भएको छ । कुनै सरकारी अनुदान बिना मैले मागेर भवन निर्माण सम्पन्न गर्न नेतृत्व गरे । आर्थिक रुपमा पार्टीलाइ बलियो बनाएका छौँ । अब बाँकी रहेका केही अधुरा काम पुरा गर्न, नेपाली कांग्रेस अछामलाई जिल्लमा पहिलो पार्टी बनाउन मेरो उम्मेद्धारी हो ।

पुष्प बहादुर शाह

अहिलेको आधुनिक युगमा पार्टीलाई प्रबिधि मैत्री, सुदृढ, सबल र सक्षम कांग्रेस बनाउन जरुरी छ त्यसकारण नेतृत्व पनि त्यहि हिसाबले जान आवश्यक छ । अब मञ्चमा गएर भाषण गरेर कुनै पनि पार्टीको पक्षमा हुनेवाला छैन् त्यसका लागि आर्थिक, सामाजिक र व्यावहारिक रुपमा सबै खाले गतिविधी अंगिकार गर्दै अघि बढ्नुपर्ने छ । पुरानो शैलीमा संगठन गर्ने अवस्था छैन अब हामीले नयाँ ढंगबाट अहिलेको प्रविधीको प्रयोग गर्दै राजनितिलाई सुधार गर्नुपर्नेछ । नेतृत्वमा सबै वर्ग क्षेत्र, युवा, दलित, महिला, अल्पसंख्यक समेटिएको समाबेशी पार्टी बनाएर अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यक्ता छ ।

पार्टीलाई चलायमान बनाउन र जिल्लामा पहिलो पार्टीको रुपमा स्थापित गर्न सहि नेतृत्व आवस्यक छ भने पार्टीलाई बिधि अनुसार चलाउन इमान्दारिता, निष्ठा र अनुशासनको खाँचो छ। म सबै साथिहरुलाई मिलाएर अघि बढ्न र पार्टीको संगठनलाई बलियो बनाई जिल्लमा सशक्त रुपमा अघी बढ्ने मेरो खाका छ । राजनिति भनेको समाजसेवा हो मैले पार्टीका लागि जस्तो सुकै परिस्थितीको सामना गर्न तयार हुनेछु। त्यसका लागि मेरो उम्मेदारी हो।

राजन कुँवर

म नेपाल बिद्याथी संघको अध्यक्ष हुदाँ द्धन्द्धबाट ठाडो उठ्न नसेको जिल्लामा जहाँ स्कुल त्यहाँ नेबिसंघ भन्ने कार्यक्रम गरेर हरेक स्कुल कलेजहरुमा संगठन निर्माण गरेको छु । संकटकालमा संगठन बनाउन कम्ती चुनौतीपुण थिएन मैले प्रत्येक स्कुलमा प्रशिक्षण र प्रोत्साहनको वाताबरण सृजना गराउने काम गरे । द्धन्द्धकालमा राजतन्त्र बिरुद्ध पार्टीहरु नै सड्कमा नआएको बेला म आफै आन्दोलनमा उत्रिएर साँफेबगर र मंगलसेनको अभियानको नेतृत्व गरेको छु । बिद्यार्थी संगठन हुदैँ पार्टीको राजनितिमा सक्रिय जिल्लाभर संगठन बनाउन लागेको छु ।

पार्टीमा सक्रिय भएर कांग्रेस जिताउने अभियानमा निष्ठा र ईमान्दारीता पूर्वक निरन्तर क्रियाशिल छु । रुपान्तरित चलायमान कांग्रेस, जिल्लाको विकास, सामाजिक न्याय र परिर्वतनका साथै जनताको मुहारमा खुशी ल्याउनु बाहेक मेरो दोश्रो उद्देश्य छैन, जसका लागि अछामका विकास निर्माण लगायतका अन्य मुद्धालाई सहजै केन्द्रिकरण गर्न मेरो पहल हुनेछ । यसकारण पनि सबैले माया गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु ।