मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपान्तरित र उर्जावान कांग्रेस बनाउन सभापतीमा उम्मेद्धारी : नेता कुवँर

रुपान्तरित र उर्जावान कांग्रेस बनाउन सभापतीमा उम्मेद्धारी : नेता कुवँर


२०४६ सालबाट स्कुल पढ्दै गर्दा राजनिति कार्यक्रममा सहभागी भएका युवा नेता राजन कुवँरले २०४८ सालबाट सक्रिय भएर नेबिसंघबाट राजनितिक यात्रा सुरु गरे । ०४८ सालको राजनितिक परिर्वतन पछि राजनितिमा आकर्षित भएका युवा नेता कुवँरले बिद्यार्थीहरुको हक हितका लागि नेबिसंघमा आबद्ध हुदैँ सक्रिय भएर काम गरे ।

तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्द्धकालमा समेत नेबिसंघको राजनितिमा सक्रिय रहेका युवा नेता कुवँर २०५९ साल देखि २०७० सम्म नेपाल बिद्यार्थी संघ अछामको सफल नेतृत्व गरे । संकट काल देखि २०६२/०६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागीता जनाएका युवा नेता कुवँरले नेपाली कांग्रेसको १३ औँ महाधिबेशनमा लोकप्रिय मत ल्याएर महासमिती सदस्यमा बिजयी हासिल गरे ।

अधिबेशनको १ दिन मात्रै बाँकी रहदाँ कांग्रेस अछामको सातौँ जिल्ला अधिबेशनमा सभापती पदका उम्मेद्धार युवा नेता राजन कुवँर संग सुदूरआजका सहसम्पादक दिनेश केसीले गरेको कुराकानी ।

जिल्ला अधिबेशन हुन १ दिन मात्रै बाँकी छ, तपाईको तयारी कस्तो छ ?

बिबिध कारणबश हाम्रो जिल्ला अधिबेशन हुन नसकी रोकिएको थियो । अब शुक्रबार भोलीबाट अधिबेशन सुरु हुदैँछ । यो बिचमा जिल्लाका सबै नेता कार्यकर्ता एवंम क्षेत्रिय प्रतिनिधीहरु संग भेटभाट गर्ने काम भएको छ । मेरो तयारी पनि त्यहि प्रकारले अघि बढाएको छु ।

२ जना पूर्व सभापतीहरु संगै भिड्दै हुनुहुन्छ, उनिहरुका बिच आफुलाई कुन ठाँउमा उभ्याउनु भएको छ ?

पछिल्लो समयमा सबैको चाहाना नेतृत्व परिर्वतन हुनुपर्छ भन्ने पाएको छु । खास गरि यसपटक १४ औँ जिल्ला अधिबेशनका क्रममा वडा तहबाटै युवाहरुको प्रतिनिधित्व बढी छ । पालिका, प्रदेश तथा क्षेत्रमा समेत युवाको सक्रियता पार्टीमा बढी रहेको छ । उहाँहरु सबैले यसपटक मलाई साथ दिनुहुन्छ भन्ने बिश्वास लिएको छु ।

गुटगत राजनितिको असर केन्द्रमा मात्रै नभई जिल्लमा पनि देखिएको छ योे अवस्थामा तपाईको जित्ने आधार के छन् ?

दुई जना अग्रज नेताहरु यसअघि पनि सभापती भईसक्नु भएको छ । उहाँहरुले पार्टीको नेतृत्व गर्दाको भुमिका सबैका सामु छर्लंग नै छ । उहाँहरुको परिक्षण भईसकेको छ । म परिक्षण हुन बाँकी छु । यसपटक सबैको चाहाना युवा नेतृत्व आउनु पर्छ भन्ने छ । मैले पार्टीलाई बिधि सम्बत संचालन गर्नुका साथै पुस्तान्त्ररण र रुपान्तरणको नारा लिएर अघि बढेको छु । कांग्रेस अछामलाई शसक्त र बलियो संगठन बनाई जिल्लामा पहिलो पार्टी बनाउनु भुमिका निर्वाह गर्नेछु । त्यसैले यसपटक सबैले मलाई साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।

जिल्ला सभापतीका लागि प्रतिष्पर्धामा उत्रिदै गर्दा क्षेत्रिय प्रतिनिधीहरुले यहाँलाई किन मत दिने ?

म नेपाल बिद्याथी संघको अध्यक्ष हुदाँ द्धन्द्धबाट ठाडो उठ्न नसेको जिल्लामा “जहाँ स्कुल त्यहाँ नेबिसंघ” भन्ने कार्यक्रम गरेर हरेक स्कुल कलेजहरुमा संगठन निर्माण गरेको छु । संकटकालमा संगठन बनाउन कम्ती चुनौतीपुण थिएन मैले प्रत्येक स्कुलमा प्रशिक्षण र प्रोत्साहनको वाताबरण सृजना गराउने काम गरे । द्धन्द्धकालमा राजतन्त्र बिरुद्ध पार्टीहरु नै सड्कमा नआएको बेला म आफै आन्दोलनमा उत्रिएर साँफेबगर र मंगलसेनको अभियानको नेतृत्व गरेको छु । बिद्यार्थी संगठन हुदैँ पार्टीको राजनितिमा सक्रिय जिल्लाभर संगठन बनाउन लागेको छु ।

पार्टीमा सक्रिय भएर कांग्रेस जिताउने अभियानमा निष्ठा र ईमान्दारीता पूर्वक निरन्तर क्रियाशिल छु । रुपान्तरित चलायमान कांग्रेस, जिल्लाको विकास, सामाजिक न्याय र परिर्वतनका साथै जनताको मुहारमा खुशी ल्याउनु बाहेक मेरो दोश्रो उद्देश्य छैन, जसका लागि अछामका विकास निर्माण लगायतका अन्य मुद्धालाई सहजै केन्द्रिकरण गर्न मेरो पहल हुनेछ । यसकारण पनि सबैले माया गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु ।

अन्त्यमा, तपाईको काँधमा कांग्रेस अछामको नेृतत्व गर्ने जिम्मा आएमा कांग्रेस अछामलाई कसरी अघि बढाउने योजना बनाउनु भएको छ ?

सबैभन्दा पहिले पार्टीलाई बिद्यान सम्बत चलाउने मेरो पहिलो अभियान रहनेछ । मुर्झाएको कांग्रेसलाई उर्जावान र उत्साजनक रुपमा अघि बढाउने दोश्रो संकल्प छ । नयाँ पुस्ता, महिला, दलित, जनजाति सबै क्षेत्र र वर्गको कांग्रेस बनाउने लक्ष्यका साथ कांग्रेस अछामलाई नयाँ ढंगबाट रुपान्त्ररण गर्न आवश्यक छ । पार्टीका भातृ संगठनलाई चलायमान बनाउनु छ । म आफै भातृ संगठनको नेतृत्व गरेका कारण कसरी पार्टी चलायमान बनाउने भन्ने खाका तयार पारेको छु । ईतिहासलाई मात्र सिरानीमा राखेर बाँच्ने कांग्रेस नभई आधुनिक प्रगतिशिल कांग्रेस बनाउनु आजको मुख्य कार्यभार छ । सम्भावनाको बेगलाई छोप्ने कांग्रेस, युवाको लोकप्रिय कांग्रेस र हरेक कुरामा जिल्लामै पहिलो पार्टी बनाउने प्रणका साथ जिल्ला सभापतीमा उम्मेद्धारी प्रस्तुत गरेको छु । त्यसैले यसपटक क्षेत्रिय प्रतिनिधीले मलाई साथ दिनुहुनेछ भन्ने मेरो दाबी हो ।