मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको जिल्ला सदस्यमा सबैभन्दा बढी मत सहित गोकुल भाट बिजयी, अरु ४ जना को को ?

कांग्रेस अछामको जिल्ला सदस्यमा सबैभन्दा बढी मत सहित गोकुल भाट बिजयी, अरु ४ जना को को ?


अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको मतगणना कार्य जारी रहेको छ । पदाधिकारीको मत परिणाम सार्वजनिक भएपछि जिल्ला कार्य समिती सदस्य खस आर्य तर्फको परिणाम पनि सार्वजनिक भएको छ ।

खस आर्य तर्फ ५ जनामा सबै भन्दा बढी मत ल्याएर क्षेत्र नं. १ बाट गोकुल भाट बिजयी भएका छन् । यस्तै दोश्रो बढी मत ल्याएर क्षेत्र नं. २ बाट मंगलसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष एव पूर्व पत्रकार जनकराज भण्डारी बिजयी भए ।

अन्य ३ जनामा कमल प्रसाद खनाल, राम बहादुर शाह, हिरिण्ड बहादुर बोहरा र कृष्ण बहादुर खड्का बिजयी भएका छन् । ५ जनाका लागि २१ जनाको उम्मेद्धारी परेको थियो । अन्य सदस्य र महासमिती सदस्यको मत गणना कार्य जारी रहेको छ ।