मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिनगर ठुलासैन बजारमा एकिकृत बस्ती विकास गरिने

हरिनगर ठुलासैन बजारमा एकिकृत बस्ती विकास गरिने

सुदूर आज

अछाम । जिल्लाको सदरमुकाम नजिक रहेको हरिनगर ठुलासैन बजारमा एकिकृत बस्ती विकास गरिने भएको छ । मंगलसैन नगरपालिकाको वाड नं. ६ को ठुलासैन बजार एकिकृत बस्ती विकास गरिने भएको हो ।

एकिकृत बस्ती विकासका लागि ठुलासैन उपयूक्त ठाँउ भएको भन्दै सो प्रक्रिया अघि बढाईने मंगलसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जनकराज भण्डारीले बताए । वडा नं. ६ र आसपासका क्षेत्रलाई समावेश गरी बस्ती विकास गर्न सके यस क्षेत्रको पर्यटकीय विकासमा समेत टेवा पुग्ने भएकाले ठुलासैन बस्ती विकासको सम्भावना रहेको ठाँउ देखिएको छ ।

समुद्धी सतह बाट करिव १ हजार ८ सय ८५ मिटरको उचाईमा रहेको हरिनगर ठुलासैन बजार बातावरणी हिसवले समेत उपयूक्त रहेको बताईएको छ । आवत जावतका लागी सहज यातायातको पहुँच रहेको पुष्पलाल मध्यपहाडी राजमार्ग समेत हरिनगर ठुलासैन बजारको मध्य भाग भएर नै गएको छ ।

जिल्ला सदरमुका मंगलसैन बजार बाट ८ किलो मिटरको दुरी रहेको हरिनगर ठुलासैन बजारको विकास गर्न सके पर्यटन विकास, सहरी विकास, आर्थिक विकास र सामाजिक विकासमा ठुलो कोसेढुंगा सावित हुने मंगलसैन नगरपालिका वाड नं. ६ का अध्यक्ष जनकराज भण्डारीले बताउछन् ।

हरिनगर ठुलासैन बजारको एकिकृत बस्ती विकासका लागी मंगलसैन नगर पालिकाले संघिय मामिला मन्त्रालय स्थानिय पूर्वाधार विभाग ,उच्च पहाडी तथा हिमाली सम्वृद्धी कार्यक्रममा समावेशका लागि समेत सिफारिस गरेको छ । नगर कार्यपालिकाको सातौ वोर्ड बैठकले निर्णय गरी सिफरिस गरेको हो ।