मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाताको अन्तिम नामावली आज सार्वजनिक हुने 

मतदाताको अन्तिम नामावली आज सार्वजनिक हुने 


दुई करोड मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने तयारी 

काठमाडौं ।  निर्वाचन आयोगले मतदाता नामावली आज सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । 

आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

“यसअघि अनौपचारिक छलफल भइरहेको थियो । शुक्रबार मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने निर्णय भएको छ । आवश्यक मेशिन, स्रोत साधान दुरुस्त राख्न निर्देशन दिने भन्ने भएको छ,” उनले भने । 

उनकाअनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।