मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टाइफाइडविरुद्धको खोप अभियान आजबाट सुरु

टाइफाइडविरुद्धको खोप अभियान आजबाट सुरु


१५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइने, ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य

काठमाडौं । टाइफाइडविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजदेखि वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा यो  खोप अभियान सञ्चालन हुनेछ । केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन सुरु भइसकेको छ ।

May be a cartoon of one or more people and text

ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको हो । यो खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । बिहीबार (हिजो)विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा देउवाले टाइफाइडविरुद्धको खोप अभियान सफल हुने विश्वास व्यक्त गरेका थिए । 

May be a cartoon of text