मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भावस्थामा ध्यान दिनुपर्ने महत्त्वपूर्ण यी ६ पक्ष

गर्भावस्थामा ध्यान दिनुपर्ने महत्त्वपूर्ण यी ६ पक्ष


काठमाडौं । गर्भावस्थामा महिलालाई त्यसअघि नदेखिएका विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । नियमित चिकित्सकको सल्लाहसँगै गर्भवतीले घरमै रहँदा पनि यो अवस्थामा विशेष ध्यान दिनु आवश्यक हुन्छ । सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)का अनुसार गर्भावस्थामा यी कुराहरुमा ध्यान दिनुपर्छ । 

डेट नपुगी शिशु जन्मिनसक्नेबारे सजग रहने 
सामान्यतया अन्तिम पटक महिनावारी भएको ३८ देखि ४० हप्ता शिशु गर्भमा रहन्छ । तर, डेटभन्दा तीन हप्ता वा सोभन्दा अगाडि नै शिशु जन्मिएमा विभिन्न समस्या देखिन सक्छन् ।  डेट नपुग्दै  जन्मिएका शिशुमा विभिन्न अशक्तता देखिनुका साथै मृत्युसम्मको सम्भावना हुनसक्ने भएकाले अन्तिम महिनामा गर्भको अवस्था र खतराका लक्षणहरुबारे सजग रहनुपर्छ । 

मधुमेह नियन्त्राणमा ध्यान दिने 
कतिपय महिलालाई गर्भावस्थामा मधुमेहको समस्या देखिनसक्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेस्नल डाइबिटिज भनिन्छ । यो समस्या गर्भवती भएको २४ देखि २८ हप्ताभित्र देखिनसक्छ । सीडीसीका अनुसार ६ देखि ९ प्रतिशत  महिलामा गर्भावस्थामा यो समस्या देखिने गरेको छ । यसले आमालाई मात्रै नभई जन्मिने शिशुलाई समेत असर गर्नसक्ने भएकाले थाहा पाउनसाथ चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । 
नियमित फोलिक एसिड/आइरन खाने 
फोलिक एसिडमा हुने भिटामिन ‘बी’ले शिशुको शारीरिक संरचनाको विकासमा मद्दत पुर्याउँछ । आइरन चक्कीले रगतमा हेमोग्लोबिनको मात्रा बढाई रगतमा रक्तसञ्चारमा समेत सहजता पुर्याउँछ । त्यसैले गर्भावस्था अगाडि र गर्भावस्थामा यी दुई कुराहरु नियमित खानु महत्त्वपूर्ण हुन्छ ।  

संक्रमण र अन्य रोगको जोखिमबाट बच्ने 
गर्भावस्थामा सरुवा तथा संक्रमणजन्य रोगले छिट्टै आक्रमण गर्नसक्छ । त्यस्तै उच्च रक्तचाप, मधुमेहजस्ता समस्याले आमा र शिशु दुवैलाई दीर्घकालीन समस्या निम्त्याउँन सक्छन् । संक्रमणजन्य रोगबाट बच्न घरमै सावधानी अपनाउनु र अन्य स्वास्थ्य जोखिमबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।