मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभाग भन्छ– गर्मी बढ्ने क्रममा छ, सतर्कता अपनाउनु

विभाग भन्छ– गर्मी बढ्ने क्रममा छ, सतर्कता अपनाउनु


काठमाडौं । देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । आज दिउँसो वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वाग्मती प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ । 

आज राति गण्डकी प्रदेशको उच्च पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशको प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने विभागले जनाएको छ ।  

यसैबीच, तापक्रम बढ्ने क्रममा रहेकाले सचेत रहन पनि विभागको आग्रह छ । तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।