मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्मीमा शरीरलाई यसरी राख्नुहोस् फिट

गर्मीमा शरीरलाई यसरी राख्नुहोस् फिट


गर्मी सिजन सुरु भइसकेको धेरै समय भएको छ। यस्तो अवस्थामा शरीरलाई फिट राख्नु जरुरी हुन्छ। गर्मीमा शरीरलाई फिट राख्न के–के गर्न सकिन्छ त?

तरल पदार्थ अत्यधिक लिनुहोस्
जूस, दही, लस्सी, मही, कागती पानी, बेलको सर्बत, नरिवल पानीजस्ता तरल पदार्थ बढी खानुपर्छ। चिया तथा कफीबाट भने सकेसम्म टाढै हुनुहोस्। यिनमा भएका क्याफिनले शरीरलाई डिहाइड्रेट बनाउँछ। ज्यादैं चिसो पानी पनि नपिउनुस्। ज्यादा चिसो पानीले पाचन प्रणालीलाई असर पार्छ र शरीरलाई प्राकृतिक चिसो बनाउने प्रणालीमा नकारात्मक असर पार्छ।

सिजनअनुसारका तरकारी तथा फलफूल खानुहोस्
गर्मी मौसममा गोलभेंगा, पालुंगो, लौकाजस्ता तरकारी खानुहोस् र यिनीहरुमा कम क्यालोरी हुन्छ र एसिडीटीजस्ता समस्या समाधान हुन्छ। यी तरकारीले गर्मीमा चिसो बनाउन मद्दत गर्छ। यस्तै, मौसमी फलफूल पनि धेरै खानुपर्छ। यसबाट पेट पनि भरिन्छ र क्यालोरी पनि भरिन्छ। तरबूजाले शरीरलाई हाइड्रेट हुनबाट बचाउँछ र छालालाई सूर्यबाट हुने नकारात्मक असरबाट बचाउँछ।

सुन्तला र कागतीले पनि छालालाई नरम बनाउछन् र शरीर ताजा बनाउछन्। आँपमा आइरन हुन्छ भने स्ट्रबेरीले युरिनरी समस्याबाट राहत मिल्छ। तौल घटाउन मन छ भने बिहान ब्रेकफास्टमा केरा खानुहोस्, यसमा रहेको पोटासियमले दिनभर तपाईंलाई चुस्त बनाउछ। अमला भिटामिन सी, क्याल्सियम, फस्फोरस वा आइरनको राम्रो स्रोत हो।

हल्का व्यायामले फिट राख्छ
बिहान–बेलुकी घरमा हल्का अभ्यास गर्नाले गर्मी मौसमका शरीरलाई फिट राख्छ। व्यायामचाहिँ कुनै कुशल गुरुसंग सिक्नुहोस्। यदि कुनै बिरामी हुनुभएको छ भने व्यायाम गर्नुअघि डाक्टरको अनुमति लिनुहोस्। बिहान ६ देखि सात बजेसम्मको समय मर्निङ वाक सबैभन्दा उपयुक्त हुन्छ। बेलुकी खाना खाएपछि पनि १५–२० मिनेट हिडडुल गर्नाले गर्मीमा शरीरलाई फिट राख्न मद्दत गर्छ।