मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानिय निर्वाचनका कारण अछामका ६ पालिकाका २३ स्वास्थ्य संस्था पूर्णरुपमा बन्द हुनसक्ने

स्थानिय निर्वाचनका कारण अछामका ६ पालिकाका २३ स्वास्थ्य संस्था पूर्णरुपमा बन्द हुनसक्ने


फाईल फोटो

अछाम । जिल्लाका २३ स्वास्थ्य संस्था बन्द हुने भएका छन् । स्थानिय तह निर्वाचन २०७९ का कारण ६ पालिकाका २३ स्वास्थ्य संस्था पूर्ण रुपमा बन्द हुन सक्ने देखिएको छ ।

स्थानिय तह निर्वाचनको २०७९ का लागि स्वास्थ्यकर्मी समेत खटाउदा पञ्चदेवल बिनायक नगरपालिकाका ८, तुर्माखांद गाँउपालिकाका ६, मंगलसेन नगरपालिकाका ४, सांफेबगरका २ र चौरपाटी गाँउपालिकाका २ वटा स्वास्थ्य संस्थाहरू पुर्णरूपमा बन्द हुने देखिएको छ ।

हाल सम्मको जानकारी अनुसार ति स्वास्थ्य संस्था कम्तीमा ३ दिन पूर्णरुपमा बन्द हुने अवस्था देखिएको छ भने बाँकि पालिकामा पनि कर्मचारी खटाउदा स्वास्थ्य संस्थामा समस्या हुन सक्ने देखिएको छ।

स्वास्थ्य संस्था बन्द हुदाँ आकस्मिक सेवा सहित बर्थिंग सेन्टर सेवा समेत अवरुद्ध हुदाँ आकस्मिक बिरामी, सुत्केरी लगायतलाई समस्या हुने देखिएको छ।

स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रका कर्मचारी खटाउदाँ त्यहाँको व्यावस्थापन हेरर मात्र खटाउनु पर्ने भएपनि त्यसको प्रवाह नगरी स्वास्थ्यकर्मी निर्वाचनमा खटाउदा एक जना पनि कर्मचारी स्वास्थ्य संस्था तथा बर्थिगं सेन्टरमा नहुदाँ आकस्मिक बिरामी र सुत्केरी सबैभन्दा बढी मारमा पर्ने सक्ने देखिएको छ ।