मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा कसको कहाँ र कति सहभागिता ? (विस्तृत विवरण हेर्नुस्)

निर्वाचनमा कसको कहाँ र कति सहभागिता ? (विस्तृत विवरण हेर्नुस्)


काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा १० हजार ७५६ मतदान स्थल रहेका छन् । जसमा २१ हजार ९५५ मतदान केन्द्र रहेका आयोगले जनाएको छ । 

वैशाख ३० गते हुने निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने छन् ।   ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अरू मतदाता छन् ।

३५ हजार २२१ निर्वाचित हुने छन् । जसमध्ये विभिन्न राजनीतिक दलका ३९० जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका आयोगले जनाएको छ ।  

निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि वैशाख ३० गते निर्वाचन हुनेछ । 

निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।

स्रोत : निर्वाचन आयोग