मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासमिती सदस्य बिष्ट र उपसभापती बजगाँईकै वडामा पनि कांग्रेस पराजित

महासमिती सदस्य बिष्ट र उपसभापती बजगाँईकै वडामा पनि कांग्रेस पराजित


अछाम : बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको गणनाको वडाको नतिजा आउने क्रम सुरु भएको छ । यसै क्रममा पछिला केही नतिजाले नेपाली कांग्रेस अछाम भित्र हलचल ल्याएको छ ।

खासगरी जिल्लाको कमलबजार नगरपालिकाको वडा नम्बर ९ मष्टाबण्डाली र वडा नम्वर ८ ढाकुको वडाको मत परिणामले पार्टी भित्र हलचल ल्याएको हो ।

नेपाली कांग्रेसका महासमिती सदस्य युवा नेता गणेश बिष्टको वडामा कांग्रेस पराजित भएको छ । कमलबजार नगरपालिका वडा नंं ८ ढाँकुमा एमालेका उम्मेद्धार फराकिलो मतान्तरले बिजयी भएका छन् ।

एमालेका उम्मेद्धार प्रज्ञा बहादुर बोगटीले ४ सय ५२ मत सहित बिजयी हुदाँ कांग्रेसका उम्मेद्धार मिनबहादुर बिष्टले ले २ सय १ मत मात्र प्राप्त गरे । उनिहरु बिचको मतान्तर २ सय ५१ रहेको छ । उक्त वडामा एमालेको पुरै प्यानल बिजयी भएको छ भने मेयर उपमेयरमा समेत कांग्रेसका उम्मेद्धारका भन्दा एमालेका उम्मेद्धारको मतान्तर बढी छ ।

यस्तै नेपाली कांग्रेस अछामका उपसभापतीको वडा कमलबजार नगरपालिका वडा नंं. ९ मष्टाबण्डालीमा समेत कांग्रेस पराजित भएको छ । एमालेका कमल प्रसाद बजगाँई संग कांग्रेसका ईन्द्र बहादुर रावत २८ मतान्तरले पराजित भए । एमालेका बजगाईको ३ सय ९६ मत आउदाँ कांग्रेसका रावलको ३ सय ६८ मत आएको छ ।

कांग्रेसका ठुल ठुला नेताहरु भएकै वडाहरुका कांग्रेसका वडाध्यक्षका उम्मेद्धारहरु पराजित भईरहेका छन् । जील्लामा शिर्षस्थ नेताहरु रहेकै वडामा कांग्रेस पराजित हुदाँ प्रश्न चिन्ह खडा भएको छ भने कार्यकर्ता रुष्ट भएका छन् । अन्तरघातीलाई कारबाही नगरेसम्म पार्टी नसुध्रिने भन्दै नेताहरुको सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ ।

निर्वाचनमा हार जित सामान्य भएपनि कमलबजार ८ र ९ को मत परिणामले पार्टीका कार्यक्रतालाई नराम्ररी झस्कायको छ । नेपाली कांग्रेस अछामका प्रभावशाली युवा नेता गणेश बहादुर बिष्ट र नेपाल बिध्यार्थी संघका संस्थापक सुरेन्द्र बहादुर बिष्टको वडामा नेपाली कांग्रेसको लज्जास्पद पराजयले नेता कार्यकर्तालाई सोच्न बाध्य बनाएको छ ।

कमलबजार ८ ढाकु र ९ मष्टाबण्डालीमा कांग्रेसको कमजोर उपस्थितले त्यहाका नेताको हैसियत माथी गम्भीर प्रश्न खडा भएको छ । निर्वाचनमा पराजयलाई अस्वभाविक मानिदैन तर लज्जास्पद पराजय लाइ कुनैपनी हालतमा स्वभाविक ठान्न नसकिने कार्यकर्ताको भनाई छ । ढाकुको मत परिणाणले ठुला नेताको स्थानीय राजनीति हैसियतलाई प्रष्ट पारेको उनिहरुको बुझाई छ ।