मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खप्तडको काख नैनीबाट देखिएको बडीमालिका (तस्विरहरु)

खप्तडको काख नैनीबाट देखिएको बडीमालिका (तस्विरहरु)


खप्तडको काखमा अवस्थित नैनी । नैनी धार्मिक तथा पर्यटकीय हिसाले प्रचुर सम्भाaवना बोकेको क्षेत्र हो । अछामको साँफेबगर नगरपालिका वडा नं. १२ खप्तडमा पर्ने नैनीमा आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेको छ ।

शिवजीले बोकेर हिँडेका बेला सतीदेवीको नयन (आँखा) यस क्षेत्रमा खसेकाले नयनबाट नयनी हुँदै बोलीचाली भाषामा यस ठाउँको नाम नैनी रहन गएको किम्बदन्ती छ।

कहिले हरियाली, कहिले हिमपात हुने नैनी क्षेत्रको अवस्थिति अलौकिक छ। उन्यू, ऐंसेलू, गोदावरी, सयपत्री, जडिबुटी र उच्च पहाडी वनस्पतिले सुगन्धित नैनीको पूर्वतर्फ बाजुराको बडिमालिका चुचुरो देखिन्छ।

पश्चिममा अछामकै प्रसिद्ध कालिका मन्दिर। उत्तरमा सहस्त्रलिंग, खप्तड। उत्तरकै कडा चट्टानी भित्तोमा चैत वैशाखमा पहाडै राताम्मे पार्ने लालीगुराँसको वन। कतैकतै उत्तीस र कटुस पनि। दक्षिणमा अछामकै सुन्दर भू-धरातल। 

हेर्नुस् तस्विरहरु