राजयोगिनी दादी प्रकाशमणी ज्युको १९औँ पुण्यतिथिको अवसरमा आइतबार मंगलसेनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वबन्धुत्व रक्तदान महाअभियान अन्तर्गत ब्रह्मकुमारी विश्वविद्यालय, अछामको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको भएको हो । ब्रह्मकुमारी विश्वविद्यालय अछामका प्रमुख कविता कठायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका नगर…