मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकी खुशी हुदैँ घर फर्किन्

सुकी खुशी हुदैँ घर फर्किन्


अछाम । अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ की सुकी दमाई घर फर्किएकी छन् । हातको क्यान्सरको सफल अप्रेसन पछि सुकी मुस्कुराउदैँ घर फर्किएकी हुन् ।

लामो समय देखि आर्थिक अभाबमा उपचार नभएर छटपटाईरहेकी सुकी आज सफल अप्रेसन सहितको उपचार पछि घर फर्किएकी हुन् ।

उनको काठमाण्डौँ स्थित टमा सेन्टरमा निशुल्क सफल उपचार भएको थियो । सेन्टरका डा. जानिथ सिहंको नेतृत्वको टोलीले उनको सफल अप्रेसन गरेको हो ।

सुकीको उपचारका लागि बाजुराका समाजसेवी दिपक बिष्टले पहल गरेका थिए ।

साथै सुकीकै गाँउका यूवाहरुले समेत सुकीको उपचारका लागि आर्थिक संकलन गर्नुका साथै उपचारमा सहयोग पुर्याउने काम गरेका थिए ।

सुकीको उपचारका लागि गाँउकै युवा आरपी जैसी, जन्म जैसी, पदम थ्यायत, नम बिष्ट, हर्क खड्का, दिपक प्रसाद भण्डारी, कमल खड्का लगायतका युवाहरुले सहयोग गरेका थिए ।