मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लाका दशवटै पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना

जिल्लाका दशवटै पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना


अछाम : जिल्लाका दश वटै पालिकामा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् ।

स्थानिय तह २०७९ को निर्वाचनको लागि जिल्लाका १० वटै पालिकामा आज एकसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत अछामका न्यायधीश मजोज श्रेष्ठले बताए ।

अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका हुन् ।

जिल्ला अदालत संगै रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने अन्य ९ पालिकामा भने कार्यपालिकाको कार्यालय संगै निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्।

जिल्लाको सदरमुकाम भएकाले मंगलसेन नगरपालिकामा मुख्य निर्वाृचन अधिकृत रहने गरी कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । निर्वाचन अधिकृतका कार्यालय स्थापना भएसंगै निर्वाचन सम्बन्धी कामहरु अघि बढेका उनले बताए ।

मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार निर्वाचन कार्यालयका लागि आवश्यक अन्य कर्मचारी समेत नियूक्त गरिएको छ ।

निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन अधिकृतले शुक्रवार पालिका स्थित सबै राजनैतिक दल र सरोकारवालाको बैठक बोलाइएका छन् ।

https://www.facebook.com/sudooraaja